बाँकेमा एकैदिन थपिए ७३ जना कोरोना संक्रमित

; १० भाद्र २०७७, बुधबार १६:१९
 

नेपालगञ्ज : बाँकेमा बुधवार एकैदिन ७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २२ र बागेश्वरी डायग्नोस्टिक एण्डा पोलिक्लिनिक सेन्टर नेपालगञ्जको परीक्षणमा ५१ जना गरी ७३ जनासंक्रमित थपिएका हुन् ।

बुधवार थपिएका अधिकांश संक्रमित नेपाली सेनाका छन् । संक्रमितमध्ये पाँच महिला र ६८ पुरुष छन् ।

भेरीमा गरिएको परीक्षणमा भेरी अस्पतालका एकजना डाक्टर, नेपाल टेलिकमका कर्मचारीदेखि स्वास्थ्यकर्मीसमेत रहेका छन् । नेपाल टेलिकमका ८ जना, पुरैना स्वास्थ्य चौकीका एकजना, माछापुच्छ्र्रे्र बैंकका दुईजना कर्मचारीमा कोरोना पुष्टि भएको छ ।


नेपालगन्ज वडा नं. १० का दुईजना, वडा नं. ७, ८, ११ र १३ का एकएक जनामा भाइरस देखिएको छ । त्यस्तै नरैनापुर गाउँपालिका ५ का एकजना, कोहलपुर नगरपालिका ११ का एक, खजुरा गाउँपालिका ३ का एकजनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

भेरीमै गरिएको परीक्षणमा बर्दिया बासगढीका एक जनामा पनि भाइरस संक्रमण देखिएको छ । भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा ३ सय ६१ नमुना परीक्षण गर्दा २३ जनामा भाइरस संक्रमण देखिएको हो । २२ जना बाँकेका संक्रमित थपिँदा एकजना बर्दियाका परेका हुन् ।

बागेश्वरी डाइग्नोष्टिक सेन्टरमा गरिएको परीक्षणमा ठूलो संख्यामा नेपाली सेनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कोहलपुर नगरपालिका एक कौशिल्या नगरस्थित नेपाली सेनाको पश्चिमी पृतना शिक्षालय ब्यारेकबाट सयजनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

अधिकांश संक्रमित प्रशिक्षार्थी भएको खुलेको छ । यसअघि एकैदिन त्यस ब्यारेकका १७ जनामा भाइरस संक्रमण देखिएको थियो । योसँगै बाँकेमा कुल संक्रमितको संख्या ९ सय १७ पुगेको छ ।

Next Post

खजुरामा प्रसुती गृह शिलान्यास

१० भाद्र २०७७, बुधबार १६:१९
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नं. ७ सोनपुरमा प्रसुती गृहको शिलान्यास गरिएको छ । सोनपुर स्वास्थ्य चौकी भवन परिसरमा आड्रा नेपालको प्राविधिक र इन्रुडेक कोहलपुरको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवनको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षतिले शिलान्यास गरेका हुन् । १८ लाख ४१ हजार लागत रहेको प्रसुती […]