भेरी अस्पतालमा कोभिड अस्पताल निर्माणका लागि नेपालगञ्ज उद्योग बाणिज्य संघको साढे ५ लाख आर्थिक सहयोग

९ भाद्र २०७७, मंगलवार १९:४३
 

नेपालगञ्ज  : नेपालगञ्जको भेरी अस्पताललाई कोभिड–१९ बिषेश अस्पताल निर्माणको लागि नेपालगञ्ज उद्योग वाणिज्य संघले ५ लाख ५१ हजार आर्थिक सहयोग हस्तान्त्रण गरेको छ ।

संघमा आयोजित कार्यक्रममा संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले कोभिड बिशेष अस्पतालका निर्माण समितिका संयोजक सिनियर सर्जन डा. श्यामसुन्दर यादवलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन । उनले सामाजिक उत्तरदायित्व बहन गर्दै संघले आर्थिक सहयोग गरेको बताए ।

अध्यक्ष मन्सुरीले आर्थिक सहयोगका लागि अगाडी सरेका उद्योगी, व्यवसायीलाई संघका तर्फबाट बिशेष धन्यवाद प्रकट गरेका छन् ।

अस्पताल निर्माणका लागि आर्थिक सहयोग गरेकोमा कोभिड बिशेष अस्पतालका संयोजक डा. यावदले धन्यवाद दिदै उनले प्राप्त आर्थिक सहयोगको सही सदुपयोग हुनेमा ढुक्क रहन आग्रह गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बाँकेमा कोरोना संकट समाधानमा निजीक्षेत्रको महत्वपूर्ण भूमिका निभाएको भन्दै प्रशंसा गरे । उनले स्वास्थ्य मापदण्ड पालना सन्तोषजनक भएको तर त्यसैमा हौसिने अवस्था नरहेकोले सचेत रहन आग्रह गरेका छन् ।


उनले निजामति तथा राष्ट्रसेवक कर्मचारीबाट २५ लाख सहयोग जुटाएको अवस्थामा नीजि क्षेत्रबाट पनि सहयोग भएकोमा धन्यबाद व्यक्त गरे ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीका अनुसार कोभिड बिशेष अस्पताल सहित यसअघि पनि संघले बिभिन्न क्षेत्रमा आर्थिक एवं स्वास्थ्य सामाग्रीको सहयोग गरेको छ ।

रकम हस्तान्तरण कार्यक्रममा बाँकेमा प्रहरी प्रमुख ओम राना, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, संघका पदाधिकारी, एशोसिएसट सदस्य एवं कार्यसमिति सदस्यको सहभागिता रहेको थियो ।

 

 

Next Post

सिलाईकर्मीलाई रोग प्रतिरोधात्मक होमियोप्याथिक औषधि वितरण गरिदै

९ भाद्र २०७७, मंगलवार १९:४३
नेपालगञ्ज : नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने होमियोप्याथिक औषधि वितरण गर्ने भएको छ । मारवाडी सेवा समाजले प्रदान गरेको सो औषधि बाँकेमा रहेका सिलाईकर्मी मजदुर तथा व्यवसायीलाई वितरण गर्ने भएको हो । सो औषधि बाँकेमा रहेका करिब २ हजार सिलाईकर्मी मजदुर तथा व्यावसायीलाई […]

सम्बन्धित