रेडक्रस बाँकेद्वारा १० लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्त्रण

९ भाद्र २०७७, मंगलवार १८:४२
 

नेपालगञ्ज  : रेडक्रस सोसाईटी बाँकेले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुको कार्यलाई सहज बनाउन स्वास्थ्य कार्यालय बाँकेलाई दश लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मीहरुका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एव प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको उपस्थितिमा दोस्रो चरणको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङमार्फत रेडक्रस बाँके शाखाका मन्त्री अजिज अहमद सिद्धिकी र कार्यालय प्रमुख दोलख डाँगीले स्वास्थ्य कार्यालयका अधिकृत एंव कोरोना फोकलपर्सन नरेश श्रेष्ठलाई सो सामाग्री हस्तान्तरण गरेका हुन ।

हस्तान्तरण गरिएको सामानहरुमा सर्जिकल पिपिई ८० सेट, सर्जिकल ग्लोब्स ७ हजार, थर्मल गन ८ वटा, सर्जिकल मास्क ८ हजार पीस, स्यानिटाईजर २५० एमएलको २०० वटा, ह्याण्ड स्यानिटाईजर १०० एमएलको ३०० वटा, स्प्रे ट्याँक १० वटा र सोडियम हाइड्रोक्लोराईड ग्यालिन १० थान रहेको छ ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले रेडक्रस जुनसुकै महामारीमा अग्रपंक्तिमा खटिने पहिलो संस्था रहेको बताउदै रेडक्रस मानवताको भावनासंग सम्बन्ध राख्ने पहिलो संस्था रहेको उल्लेख गरे । उनले कोभिड–१९ को महामारीमा अग्रपङ्तीमा खट्नेका लागि प्रयोगमा ल्याईने बताए ।


रेडक्रस बाँकेका मन्त्री सिद्धिकीले अहिलेको महामारीका बेला सबै आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने अवस्था रहेकाले रेडक्रसले पनि सो कार्यमा सामेल भइरेको बताउदै महामारीको बेला मात्रै नभइ सबै संकटका बेला साथ र सहयोग दिन तयार रहेको बताए ।

डेनिस रेडक्रसको आर्थिक सहयोग तथा जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको सहयोगमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टिन तथा आइसोलेसन केन्द्रहरुमा सरसफाई तथा स्वच्छता प्रवद्र्धन लगायतका व्यक्तिगत सुरक्षाका सामाग्रीहरु सहयोग र हेल्प डेस्क स्थापना गरी स्वयंसेवक परिचालनमार्फत रेडक्रस बाँके शाखाले निरन्तर सहयोग गरिरहेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका प्रमुख एंव सूचना अधिकारी गौरीलाल बुढाथोकीले जानकारी दिए ।
रेडक्रसले यसअघि पनि पहिलो चरणमा स्वास्थ्य कार्यालयलाई करिब पाँच लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको छ ।

 

 

Next Post

भेरी अस्पतालमा कोभिड अस्पताल निर्माणका लागि नेपालगञ्ज उद्योग बाणिज्य संघको साढे ५ लाख आर्थिक सहयोग

९ भाद्र २०७७, मंगलवार १८:४२
नेपालगञ्ज  : नेपालगञ्जको भेरी अस्पताललाई कोभिड–१९ बिषेश अस्पताल निर्माणको लागि नेपालगञ्ज उद्योग वाणिज्य संघले ५ लाख ५१ हजार आर्थिक सहयोग हस्तान्त्रण गरेको छ । संघमा आयोजित कार्यक्रममा संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले कोभिड बिशेष अस्पतालका निर्माण समितिका संयोजक सिनियर सर्जन डा. श्यामसुन्दर यादवलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन । […]