बाँकेमा थप नौ जनामा कोरोना पुष्टि

९ भाद्र २०७७, मंगलवार १४:१३
 

नेपालगञ्ज : बाँकेमा मंगलवार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा भेरी अस्पतालका एक जना चिकित्सक, एभरेष्ट बैंकका २ जना, वडा प्रहरी कार्यालय नेपालगञ्जका एक, नेपालगञ्जको वडा नम्बर ४ का ३, वडा नम्बर १ र ९ का एकएक जनामा कोरोना पुष्टि भएको हो ।

योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या ८ सय ४४ पुगेको छ । यी मध्ये ६ सय ५४ जना निको हुँदा ४ जनाको मृत्यु भएको छ ।


भेरीमै गरिएको परीक्षणमा बर्दियाका ६ जनामा पनि कोरोना देखिएको छ । ठाकुरबाबा नगरपालिकाका ४ जना तथा बढैयाताल गाउँपालिका र राजापुर नगरपालिकाका एकएक जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

Next Post

हिरामान हरि गिरी ‘नागाबाबा’ ब्रम्हलीन

९ भाद्र २०७७, मंगलवार १४:१३
नेपालगञ्ज : श्री श्री श्री १००८ हिरामान हरि गिरी ‘हरि शंकर नागाबाबा’ ब्रम्हलीन भएका छन् । करीब तीन महिनादेखि बिरामी परेका ८७ वर्षीय नागा बाबाले मंगलवार दिउँसो १ बजेर १५ मिनेटमा नेपालगञ्जस्थित हनुमत गौशालामा ब्रम्हलीन भएका हुन् । गते जेष्ठ १५ गते उनलाई ब्रेन ह्यामरेज भएपछि उपचारकै क्रममा देहावसान भएको […]