बाँकेमा सोमवार ६ कोरोना संक्रमित थपिए

८ भाद्र २०७७, सोमबार १६:५७
 


नेपालगञ्ज : बाँकेका थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल र वागेश्वरी डायग्नोस्टिकमा सोमवार गरिएको परीक्षणमा ६ जनालाई संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका फोेकल पर्सन नरेश श्रेष्ठका अनुसार कोहलपुरका २ र नेपालगञ्जका २ तथा वागेश्वरी डायग्नोस्टिक ल्याबको परीक्षणमा नेपालगञ्जका २ जनामा संक्रमण देखिएको हो । योसंगै बाँकेका ८ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

Next Post

साढे तीन किलो चरेशसहित बागवान पक्राउ

८ भाद्र २०७७, सोमबार १६:५७
नेपालगञ्ज : ठूलो परिमाणको चरेशसहित बाँकेमा एकजना पक्राउ परेका छन् । डुडुवा गाउँपालिका वडा नं. ४ का रमजान अली बागवान साढे तीन किलो चरशेसहित पक्राउ परेका हुन् । बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार विशेष सुराकीका आधारमा पक्राउ गरिएको बागवानमाथि थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित