बाँकेमा थप १४ जना कोरोनामुक्त

८ भाद्र २०७७, सोमबार १४:५७
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप १४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार वडा प्रहरी कार्यालय आइसोलेशनबाट ४ जना, चिसापानी आइसोलेशनाबाट ३, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशनबाट २, डुडुवा आइसोलेशनबाट २ जना तथा खुल्ला कारागार गनापुर, भेरी अस्पताल र कृषि तालिम केन्द्र खजुरा आइसोलेशनबाट एकएक जना कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् ।


योसंगै बाँकेमा कोरोना जितेर घर फर्कनको संख्या ६ सय २८ पुगेको छ । बाँकेमा हालसम्म ८ सय २९ जनामा कोरोना पुष्टि हुँदा ४ जनाको मृत्यु भएको छ ।

Next Post

भेरी अस्पतालमा प्लाज्मा थेरापीको तयारी तीव्र

८ भाद्र २०७७, सोमबार १४:५७
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालले प्लाज्मा थेरापीमार्फत कोरोना संक्रमितको उपचार गर्ने तयारी तीब्र पारेको छ । अस्पतालमा प्लाज्मा थेरापीमार्फत उपचारको तयारी तीब्र पारिएको मेडिकल विभाग प्रमुख वरिष्ठ कन्सल्टेन्ट फिजिशियन डा. राजन पाण्डेले बताए । जटिल समस्या भएका विरामीको उपचारका लागि आइसियू र भेन्टीलेटरको ब्यवस्था गरिएको बताउँदै उनले प्लाज्मा थेरापीबाट उपचार […]