स्मृति दिवसमा औतारदेईको शालिकमा माल्यर्पण

६ भाद्र २०७७, शनिबार १८:५७
 

नेपालगञ्ज : दानवीर एवं समाजसेवी स्व. औतारदेई कशौधन (चौधराइन)को १०औं स्मृती दिवसमा माल्याअर्पण गरिएको छ । नेपालगञ्जमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्नो करोडौंको सम्पती दान गरेर उदाहरणीय बनेकी स्वर्गीय चौधराइनको शनिवार परेको स्मृती दिवसमा उनको शालिकमा माल्यार्पण गरिएको हो ।

कोरोनाको विषम परिस्थितीलाई दृष्टिगत गर्दै भव्य कार्यक्रम नगरिएपनि शनिवार विहान भेरी अस्पताल परिसरमा रहेको चौधराईनको प्रतिमामा माल्यार्पण गर्दै योगदानको बारेमा चर्चा गरिएको थियो । भेरी अस्पताल विकास समितिको आयोजनामा स्मृति दिवस गरिएको हो ।

विस १९५४ मा जन्मिएकी चौधराइनको २०२८ भदौ ६ गते निधन भएको थियो । स्व. चौधराईनले स्थानीय महेन्द्र बहुमुखी क्याम्पस, तत्कालीन भेरी अञ्चल अस्पताल, नारायण मावि, जिल्ला जनस्वास्थ्य कार्यालयलाई जग्गा दान गरेर शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा ठूलो योगदान पुर्याएकी थिइन् ।


कार्यक्रमका प्रमुख अतिथी एवं पूर्वमन्त्री मो. इस्तियाक राईले औतारदेइको योगदानको अभिलेखीकरणसँगै सम्पतीको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने दायित्व हामी सबैको भएको बताए । सांसदसमेत रहेका राइले चौधराइनले देखाएको सेवाभाव र सत्मार्गमा लाग्न अपील गरे ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको सभापतित्वमा भएको कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापा, चौधराईनका भतिजा एवं प्रतिष्ठानका कोषाध्यक्ष राधेश्याम वैश्यले औतारदेईले शिक्षा, स्वास्थ्य र समाज सेवामा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
यसैबीच सांसद राईलगायत चिकित्सकको टोलीले अस्पतालमा निर्माण गर्न लागिएको आइसोलेशन वार्डको समेत अवलोकन गरेका थिए ।

Next Post

कोरोना कहरका कारण मोहर्रमका सबै प्रकृया घरमै बसेर मनाउन आग्रह

६ भाद्र २०७७, शनिबार १८:५७
नेपालगञ्ज  :  कोरोना महामारीबाट जोगिन यसवर्षको मोहर्रम घरमै मनाउन बाँकेका मुस्लिम बुद्धिजिवीहरुले आग्रह गरेका छन् । कोरोनाले नेपालमा सबै क्षेत्रलाई प्रभाव पारेकाले योबाट जोगिन उनीहरुले सो आग्रह गरेका हुन । केन्द्रीय मोहर्रम पर्व तथा कर्वला व्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो आग्रह गरेको हो । समितिका अध्यक्ष गुलाम […]