नेपालगञ्ज झिलीमिली योजनाले सार्थकता पाउँदै

६ भाद्र २०७७, शनिबार १८:४२
 

नेपालगञ्ज : पूर्वमन्त्री एवं सांसद मोहम्मद इस्तियाक राईले नेपालगञ्जलाई झिलीमिली पार्ने योजनाले सार्थकता पाइरहेको बताएका छन् । नेपाल भारतको सीमा नाका जमुनाहामा हाइमास्ट लाइट जडानको शिलन्यास कार्यक्रममा बोल्दै उनले आफ्नो लक्ष्य नेपालगञ्जलाई झिलिमीली बनाउने रहेको स्मरण गराए ।

आफ्ना कार्यकर्ताहरुललाई संघ, प्रदेश र स्थानीय सरकारले गर्ने कार्यक्रमहरुको अनुगमन गर्न निर्देशन दिएको बताउँदै उनले नियम विपरीत काम गर्नेलाई कारवाही गर्नुपर्ने जिकिर गरे । हरेक विकास निर्माणका कामको अनुगमन हुनुपर्ने भन्दै पूर्वमन्त्री राईले पूर्वाधार विकास कार्यक्रमको डेढ करोड रकम नेपालगञ्ज उपमहानगरपालिकाका कारण फ्रिज भएको आरोप लगाए ।


कोभिड–१९ का लागि छुट्याइएको उक्त रकमबाट भेन्टिलेटर खरिद गर्नेगरी आफुले स्थानीय सरकारलाई लिखितरुपमा अख्तियारी दिएको उल्लेख गर्दै उनले रकम फ्रिज हुनु दुर्भाग्यपूर्ण भएको बताए । पार्टीभन्दा माथि उठेर काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै पूर्वमन्त्री राईले नियम विपरीत भएका त्यस्ता विकास निर्माणका काम अवरुद्ध गरिने चेतावनीसमेत दिए ।

नेपालगञ्जमा ३९ र कोहलपुरमा १३ वटा हाइमास्ट लाइट जडानका लागि आयोजनाले ६ करोड ४० लाख ३२ हजार २ सय ८२ रुपैयाँ बजेट रहेको जनाएको छ ।

Next Post

स्मृति दिवसमा औतारदेईको शालिकमा माल्यर्पण

६ भाद्र २०७७, शनिबार १८:४२
नेपालगञ्ज : दानवीर एवं समाजसेवी स्व. औतारदेई कशौधन (चौधराइन)को १०औं स्मृती दिवसमा माल्याअर्पण गरिएको छ । नेपालगञ्जमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्नो करोडौंको सम्पती दान गरेर उदाहरणीय बनेकी स्वर्गीय चौधराइनको शनिवार परेको स्मृती दिवसमा उनको शालिकमा माल्यार्पण गरिएको हो । कोरोनाको विषम परिस्थितीलाई दृष्टिगत गर्दै भव्य कार्यक्रम नगरिएपनि शनिवार विहान […]