आज गणेश चतुर्थी मनाईंदै

६ भाद्र २०७७, शनिबार १३:३५
 

नेपालगञ्ज : शनिवार गणेश चतुर्थी पर्व मनाईंदै छ । हरेक वर्ष भाद्रशुक्ल चतुर्थीका दिन भगवान गणेशको पूजा गरी यो पर्व मनाउने गरिन्छ । सत्ययुगमा भाद्रशुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।

शनिवार काठमाण्डौस्थित अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादीलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिएकामा यो वर्ष काठमाण्डौमा कोरोना भाइरसको संक्रमण बढेसँगै जारी निषेधाज्ञाका कारण भक्तजनले पूजा गर्न सक्ने अवस्था छैन ।


यस्तै शनिवार हरितालिका तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले बताए । भाद्रशुक्ल तृतीयाका दिन सुख शान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा छ ।

बिहान हरितालिका तीजको व्रत समापनका लागि पारायण गरी मध्यान्ह कालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् गौतमले बताए । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रत समेत गर्छन् ।

Next Post

कोरोना संक्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया

६ भाद्र २०७७, शनिबार १३:३५
कोहलपुर (बाँके) : गत सोमवार बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना संक्रमित गर्भवतीको शनिवार सफल शल्यक्रिया गरिएको छ । स्त्री रोग विशेषज्ञसहितको टोलीले बिहान सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । संक्रमित महिलालाई गएराति एक्कासी पेट दुखेपछि नेपालगञ्जस्थित आइसोलेशनबाट अस्पताल लगिएको थियो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवतीमा […]

सम्बन्धित