बाँकेका थप सोह्र जनामा कोरोना पुष्टि

५ भाद्र २०७७, शुक्रबार १६:१०
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडाका १४ जना, राप्तीसोनारी गाउँपालिकाका २ र बर्दियाका ६ गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


बाँकेमा थपिएका संक्रमितमध्ये एक जना नेपाल बैंक लिमिटेड र एक जना सांग्रिला बैंकका कर्मचारी रहेका छन् । गत २४ घण्टामा ३ सय ५० जनाको स्वाब परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

Next Post

ब्राउन सुगरसहित तीन पक्राउ, २५ थान बेवारिसे मोबाइल बरामद

५ भाद्र २०७७, शुक्रबार १६:१०
नेपालगञ्ज : ठूलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित बाँकेमा ३ जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ सुनारमण्डी बस्ने ४६ वर्षीय साविर अली सिद्दिकी, भट्टी टोल बस्ने ३० वर्षीय सोनु खान र इन्तियाज शेष ५ ग्राम ३ सय मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन् । गोप्य सूचनाको […]

सम्बन्धित