लिबियामा जहाज दुर्घटना हुँदा ४५ जनाको मृत्यु

४ भाद्र २०७७, बिहीबार १३:५७
 

काठमाण्डौ : लिबियामा भएको पानी जहाज दुर्घटनामा पाँच बालबालिकासहित ४५ जना भन्दा बढी आप्रवासी र शरणार्थीहरुको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय एजेन्सीका अनुसार यसवर्ष लिबियामा भएको सबैभन्दा भयानक दुर्घटनामा ती व्यक्ति मारिएका हुन् ।

उनीहरु सवार पानी जहाज सामुद्रिक ज्वारभाटाका कारण किनारामा बिस्फोट भएको थियो । जहाजमा सवारमध्ये ३७ जनाको स्थानीय माझीहरुले जिवित उद्धार गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार निकाय र आप्रवासी कामदारहरुको पक्षमा काम गर्ने संस्था आईओएमले हराइरहेकाहरुको खोजी कार्यलाई तीव्र पार्न आह्वान गरेका छन् ।

खोजी कार्यमा सहभागीहरु सुरक्षा बन्दोबस्तीसहित परिचालित नभए उनीहरुको पनि भू–मध्यसागरमा मृत्यु हुने राष्ट्रसंघीय निकायहरुले चेतावनी दिएका छन् ।


यस वर्ष समुद्री मार्गबाट असुरक्षित रुपमा लिबियाबाट युरोप जाने क्रममा तीन सयभन्दा बढी आप्रवासीको मृत्यु भएको छ ।

तर मृत्यु हुनेको आंकडा अझै बढी रहेको हुनसक्ने समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । सन् २०११ मा पूर्व नेता मुअम्मर गद्दाफीको पतन र हत्यापछि लिबिया आप्रवासीहरुका लागि महत्वपूर्ण ट्रान्जिट देश बन्दै आएको छ ।

त्यहाँका आप्रवासीहरु खतरामुक्त नरहेको राष्ट्रसंघीय निकायहरुले उल्लेख गरेका छन् । लिबियामा जारी द्वन्द्वका कारण मानवअधिकार उल्लंघन र व्यक्ति हत्याका घटनाहरु पनि जारी रहेको बताइएको छ । (एजेन्सी)

Next Post

तीजको आज दर खाने दिन

४ भाद्र २०७७, बिहीबार १३:५७
नेपालगञ्ज : महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन बिहीवार दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने […]

सम्बन्धित