थरुहट थारुवानको विरोधका कार्यक्रम स्थगित

४ भाद्र २०७७, बिहीबार १३:३७
 

नेपालगञ्ज : थरुहट थारुवान राष्ट्रिय मोर्चाले विरोधको कार्यक्रम स्थगित गरेको छ । २७ साउनमा पत्रकार सम्मेलन मार्फत भदौँ ७ र ८ गने गर्ने भनिएको विरोधको कार्यक्रम स्थगित गरिए पनि अन्य संघर्षका कार्यक्रम जारी रहेको मोर्चाले जनाएको छ ।

‘नेपाल सरकारसँग १३ बुँदे माग राखेर घोषणा भएको कार्यक्रमहरु कोरोना महामाहरीका कारण मुलुकमा भइरहेको बन्दाबन्दी र सङक्रमणबाट हुनसक्ने भयावाह स्थितिलाई दृष्टिगत गर्दै अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि भदौँ ७ र ८ गते गर्ने भनिएको कार्यक्रम स्थगित गरिएको छ,’ मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


टीकापुर थरुहट विद्रोहलाई स्मरण गर्दै भदौँ ७ गते काठमाण्डौ केन्द्रित गर्दै देशब्यापीरुपमा विरोधका कार्यक्रम गर्ने र टीकापुरमा भएको थारुहरुको घर, पसल, व्यवसायीक केन्द्र तथा सञ्चारगृहमा भएको आगजनी, तोडफोड, लुटपाट एवं गृहप्रशासनको दमनविरुद्ध भदौँ ८ गते कालो दिनको रुपमा मनाउने कार्यक्रम थियो ।

थरुहट थारुवान राष्ट्रिय मोर्चा सम्वद्ध केन्द्रीय समिति, सल्लाहकार, भातृभगिनी युवा, महिला संगठन, जिल्ला, नगर, गाउँ संघर्ष समिति लगायत सम्बन्धित सबैमा यही विज्ञप्तीलाई आधार मानेर घोषित कार्यक्रम नगर्न–नगराउन मोर्चाले आग्रहसमेत गरेको छ ।

Next Post

लिबियामा जहाज दुर्घटना हुँदा ४५ जनाको मृत्यु

४ भाद्र २०७७, बिहीबार १३:३७
काठमाण्डौ : लिबियामा भएको पानी जहाज दुर्घटनामा पाँच बालबालिकासहित ४५ जना भन्दा बढी आप्रवासी र शरणार्थीहरुको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय एजेन्सीका अनुसार यसवर्ष लिबियामा भएको सबैभन्दा भयानक दुर्घटनामा ती व्यक्ति मारिएका हुन् । उनीहरु सवार पानी जहाज सामुद्रिक ज्वारभाटाका कारण किनारामा बिस्फोट भएको थियो । जहाजमा सवारमध्ये ३७ […]