बाँकेमा थप तेह्र जना कोरोनामुक्त

२ भाद्र २०७७, मंगलवार १३:०९
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप १३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । जिल्ला कारागार बाँकेका ७ जना कैदी र वडा प्रहरी कार्यालय नेपालगञ्जका ६ जना प्रहरी कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कृषि तालिम केन्द्र खजुरा आइसोलेशनमा रहेका उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

योसंगै बाँकेमा कोरोनामुक्त हुनेको संख्या ४ सय ६८ पुगेको छ । हालसम्म ७ सय ३५ जनामा कोरोना पुष्टि हुँदा ४ जनाको मृत्यु भएको छ ।

Next Post

बाँकेका दुईवटा प्रयोगशालामा परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि

२ भाद्र २०७७, मंगलवार १३:०९
नेपालगञ्ज : मंगलवार बाँकेका दुईवटा प्रयोगशालामा परीक्षण गर्दा बाँकेमा थप १२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बाँकेका ११, बर्दियाका २ र सुर्खेतका १ जना गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै बागेश्वरी डायग्नोस्टिक ल्याब नेपालगञ्जमा गरिएको परीक्षणमा […]

सम्बन्धित