कोरोना मुक्त हुँदैगर्दा सामाजिक सञ्जालबाट नेपालगञ्जका प्रवक्ताले भने सबैलाई धन्यबाद !

१ भाद्र २०७७, सोमबार १९:०८
 

नेपालगञ्ज  : जनताको गुनासो सन्दासुनदै कोरोना संक्रमित भएका नेपालगञ्ज उप–महानगरपालिकाका प्रबक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाल सोमबार कोरोना मुक्त भएर घर फर्केका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको एकान्तवास केन्द्रमा रहेका रिजाललाई सोमबार भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, धम्बोझी क्लवका अध्यक्ष देवेन्द्र खडका,लगायतले कोरोना जितेकोमा बधाईज्ञापन गर्दै शुभकामना दिए । रिजाल सहित बाँकेका ११ जना निको भई सोमबार घर फिर्ता भएका छन् ।

उनले डिस्चार्ज हुनु अघि आफ्नो फेशबुकवालमा लेखेका छन्–‘बन्द कोठाबाट खुल्ला आकाशमा नयाँ किरण सहित आज ११ बजे घर फर्कदै छु ! सबैमा शुभ बिहानि !’

उनले अघी थपेका छन् ‘मेरो उपचारमा निरन्तर सहयोग गर्नुहुने मेडिकल टिम, फोन र सामाजिक संजाल मार्फत मेरो शिघ्र स्वास्थलाभको कामना गरि कोरोनाविरुद्धको लडाइँमा आत्मबल र हौसला प्रदान गर्नुहुने सम्पुर्ण शुभचिन्तक ज्युहरुमा हृदयदेखि आभार तथा धन्यवाद व्यक्त गर्दछु ।’

उनले यसको साथै कोरोनाबाट मुक्त हुनको लागि केही सल्लाह पनि शेयर गरेका छन् । ‘नियमित ब्यायाम ,सन्तुलित र पौस्टिकउयुक्त खाना, अनुशासित दैनिकि ,प्राकृतिक जीवन पद्धती र दीर्घरोग नियन्त्रण अनि टेन्सन फ्री लाईफ जस्ता कुराहरुको ब्यावहरिक ज्ञान् सहित कोरोना मुक्त भएर कोरोना विशेष अस्पताल खजुरा (क्यान्सर अस्पताल ) बाट मिति २०७७ ।०५।०१ गते सोमबार यहाँहरुको शुभ आशिर्वादले घर फर्कदैछु ।’

तपसिलहरुमा कृतज्ञता र हार्दिक धन्यवाद दिन चाहन्छु
(१) मलाई कोरोनाबाट सहज उन्मुक्तिका लागि निरन्तर सहयोग गर्नुहुने डा. खगेन्द्र जङ शाह, डा. संकेत रिसाल, डा. प्रकाश थापा , अन्य डाक्टर र नर्सहरु सहितको मेडिकल टिम ।
(२) नगर प्रमुख डा. धवल सम्शेर जबरा ,उप– प्रमुख उमा थापा मगर, प्रमुख प्रसासकिय अधिकृत ओम खड्का, वडा नम्बर अध्यक्ष ४ सफिक बेहना, हेल्थ प्रमुख रामबहादुर चन्द अनि टिम, नगर पुलिस परिवार, बृजभुसन झा, कोरोन फोकल पर्सन नरेश श्रेष्ठ ।
(३) मलाई निरन्तर आत्मबल बढाइ प्रोत्साहित गर्नुहुने माननिय सभासद दिदि नमुना केसि, माननिय सभासद आइपि खरेल, खजुरा गाउपलिका अध्यक्ष दाजु किस्मत कक्षपती , रत्न खत्री , अशोक कोइराला, सम्सुल जि , निरक गुरुङ , दत्त आचार्य , वडा तथा नगर पालिका कार्यालय परिवार ।
(४) प्रत्यक्ष भेटि हौसला दिने साथिहरु सतिस निरौला ,गोबिन्द शर्मा ,देबेन्द्र खड्का ,आकाश देवकोटा ,गिरिराज चन्द र सुसिला चन्द ,पसुपती दुलाल जि ,जगमोहन कान्दु ,नवराज शाह दाजु ,राजन केसि ,पवन कनोजिया, बिकाश गौतम भाइ ,यज्ञ बस्नेत दाजु ,लक्ष्मी साही बैनी, अच्युत सोल्टी , बोगटी सर , किरण ढकाल लगायत सबैमा हार्दिक आभार ।
(५) मेरि आमा लक्ष्मी रिजाल , मुना आन्टि सतिस निरौला को आमा, मेरो जीवन साथी दिपा शर्मा रिजाल ,दाइ बिनोद रिजाल र भाउजू ,भाइ सुमोद रिजाल, बुहारी रस्मी रिजाल ,भाइ आमोद रिजाल बुहारी अमिता रिजाल तथा समस्त आफन्त जनहरु तथा सुभचिन्तक ज्युहरु मा हर्दिक कृतज्ञता ।
(६) अन्तिममा
मेरो ब्यवस्थापनमा सुरुदेखी आजसम्म निरन्तर सहयोग गर्नुहुने मेरो मिज्जु भेरी अस्पतालको अध्यक्ष युवा नेता समाजसेवि प्रमोद कुमार धिताललाइ हर्दिक धन्यवाद दिन चाहन्छु । साथै जिल्ला प्रसासन कार्यलयका प्रमुख जिल्ला अधिकारी ज्यु, आदरणीय दाजु हरि प्याकुरेल ज्यु, साथि राम कुमार (पप्पु) र साथि सतिस निरौला र गोबिन्द भाइलाइ विशेष धन्यवाद दिन चाहन्छु !’

 

 

Next Post

बाँकेमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको उपचार कै क्रममा मृत्यु !

१ भाद्र २०७७, सोमबार १९:०८
नेपालगञ्ज :  बाँकेमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको उपचार कै क्रममा मृत्यु भएको छ । उनमा कोरोना लक्षण देखा परेको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–५ का ६२ वर्षका पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । गत ३० साउनमा कोरोनाको लक्षण देखिएपछि ३२ […]

सम्बन्धित