बाँकेमा आइतवार थपिए २० कोरोना संक्रमित

३२ श्रावण २०७७, आईतवार १६:३४
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप २० जनामा कोरोना भाइरस पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टाको परीक्षणमा बाँकेमा २० र सल्यानको कपुरकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बाँकेको सशस्त्र प्रहरी गुल्मका १५ जना, ग्लोबल बैंकका ३ जना कर्मचारी र कोहलपुरका २ जनामा कोरोना देखिएको जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ७ सय २६ पुगेको छ ।

 

Next Post

वडाध्यक्षसहित बाँकेका एघार जना कोरोनामुक्त

३२ श्रावण २०७७, आईतवार १६:३४
नेपालगञ्ज : बाँकेमा सोमवार एक वडाध्यक्षसहित ११ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । कोरोना संक्रमण देखिएपछि खजुरास्थित सुशिल कोईराला क्यान्सर अस्पतालको आईसोलेशनमा बस्दै आएका नेपालगञ्ज उपमहानगरपालिका १ का वडाध्यक्ष प्रमोद रिजालसहित ११ जनालाई सोमवार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । खजुरामा रहेको सुशील […]