बाँकेका सातसहित नौ जना कोरोनामुक्त

३२ श्रावण २०७७, आईतवार १३:३६
 

नेपालगञ्ज : विभिन्न आईसोलेशन सेन्टरमा उपचार गराईरहेका बाँकेका ७ सहित ९ जना कोरोनामुक्त भई आइतवार डिस्चार्ज भएका छन् । नेपालगञ्जका ५ जना, खजुराका २ जना, सुर्खेत र बर्दियाका एकएक जना कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

उनिहरुमध्ये ६ जनालाई नेपालगञ्जको आदर्शनगर आईसोलेशन सेन्टरमा राखिएको थियो भने २ जनालाई खजुरास्थित शुसिल कोईराला क्यान्सर अस्पतालको आईसोलेशनमा राखिएको थियो ।


नेपागञ्जका एक कोरोना संक्रमितलाई भने धनगढीको धरान आईसोलेशन सेन्टरमा राखिएको थियो । योसँगै बाँकेबाट हालसम्म डिस्चार्ज हुनेको सँख्या ४ सय ४४ पुगेको छ ।

Next Post

कोरोना देखिएपछि बन्द सरकारी कार्यालय खुले

३२ श्रावण २०७७, आईतवार १३:३६
नेपालगञ्ज : कर्मचारीलाई कोरोना देखिएपछि बन्द रहेका बाँकेका सरकारी कार्यालय आइतवारदेखि खुलेका छन् । नेपालगञ्ज उपमहानगरपालिका, यातायात कार्यालय र आन्तरिक राजश्व कार्यालय आइतवारदेखि खुलेका हुन् । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यालय खोलिएका हुन् । जनप्रतिनिधि र कर्मचारीमा कोराना देखिएपछि साउन १९ गतेदेखि शिल गरिएको नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय सुचारु भएको छ […]

सम्बन्धित