बाँकेमा ९ जना कोरोना मुक्त भएर घर फर्किदै

३२ श्रावण २०७७, आईतवार ०८:०८
 

नेपालगञ्ज  :  बाँकेका विभिन्न आईसोलेशनमा रहेका ९ जनाले कोरोना जितेर घर जाँदै छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकपर्शन नरेश श्रष्ठले दिएको जानकारी अनुसार साउन ३२ गते तीनवटा आईशोलेशनबाट ९ जना डिस्चार्ज हुने भएका हुन ।

आईतबार डिस्चार्ज हुनेहरुमा ६ जना आदर्शनगर आईशोलेशन सेन्टर नेपालगञ्जबाट, २ जना सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुराबाट र १ जना धरान आइशोलेशनबाट डिस्चार्ज भएर घर जाने भएका हुन ।


बाँकेमा हालसम्म ७ सय ६ जना संक्रमित रहेको ४ सय ४४ जनाले कोरोना जितेर घर फर्केका छन् भने ७ जना अन्य जिल्लाका गरी २ सय ६६ जना सक्रिय संक्रमित विभिन्न आईशोलेशनमा उपचारत रहेका छन । बाँकेमा कोरोना संक्रमणको कारण ३ जनाले ज्यान गुमाएका छन् ।

 

 

Next Post

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड परस्पुर १४ दिनपछि सञ्चालनमा

३२ श्रावण २०७७, आईतवार ०८:०८
नेपालगञ्ज : कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएपछि बन्द रहेको निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड, शाखा कार्यलय परस्पुर आइतबार (आज)बाट सञ्चालनमा आएको छ । शाखा प्रवन्धक टोपबहादुर रास्कोटीले दिएको जानकारी अनुसार २ महिला र २ पुरुष कर्मचारीसहित ६ जना परिवारका सदस्य गरि १० जनामा कोरोना संक्रमण देखापरेसिछ गत साउन १८ […]