राप्तीनदी कटानको स्थलगत अनुगमन जोखिमबाट जोगाउन पहल गरिने प्रतिबद्धता

३० श्रावण २०७७, शुक्रबार १९:३१
 

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ कचनापुर क्षेत्रमा राप्ती नदीले गरि रहेको कटानको स्थलगत अनुगमन गरी कटानबाट हुनसक्ने जोखिमबाट जोगाउन ततकाल पहल गर्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष लाहुराम थारुसहितको टोलीले नदी कटानको अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले जानकारी दिए । सो अनुगमनमा गाउँपालिका अध्यक्ष थारु, पूर्व मन्त्री प्रेमबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बस्नेत, वडा नम्बर २ का वडाध्यक्ष मदन ओली लगायतको सहभागिता रहेको थियो ।


नदी कटानको अनुगमन गर्दै अध्यक्ष थारुले रोकथामका लागि तत्काल कदम चाल्ने बताए । उनले सो स्थानमा तटबन्धका लागि संघ र प्रदेश सरकारसँग पहल गर्ने बताए ।

पूर्व मन्त्री भण्डारीले कटान नियन्त्रणका लागि सक्दो पहल गरी पार्न सक्ने जोखिमबाट बचाउन सबैको ध्यान केन्द्रीत हुनुपर्ने बताए । राप्ती नदीले बहाव परिवर्तन गर्दा राप्तीसोनारी गाउपालिकामा क्षेत्रमा सयौं विगाह जग्गा कटान भइरहेको छ ।

Next Post

एनटिभी कोहलपुर र राप्तीसोनारी गाउपालिकाबीच सम्झौता

३० श्रावण २०७७, शुक्रबार १९:३१
रोप्तीसोनारी (बाँके) :  एनटिभी कोहलपुर र राप्तीसोनारी गाउपालिकाबीच टेलिभिजन कार्यक्रम निर्माण तथा प्रसारण सम्बन्धी शुक्रबार सम्झौता भएको छ । शुक्रबार गाउपालिकाकोे कार्यालय परिसरमा एनटिभी कोहलपुरका प्रमुख निराजन खनाल र गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर बस्नेतले गाउपालिकाका अध्यक्ष लाहुराम थारुको उपस्थितिमा सो सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका हुन । सो सम्झौतामा […]