नदीको तटबन्ध भत्किँदा ३ हजार परिवार जोखिममा

३० श्रावण २०७७, शुक्रबार १८:३६
 

सदरलाइनडटकम,
बर्दिया : बर्दियाको राजापुर बजार नजिकै रहेको कर्णाली नदीको तटबन्ध भत्किएको छ । बजारदेखि करीब एक किलोमिटर पश्चिम रहेको नदीको तटबन्ध भत्किँदा तीन हजार घरपरिवार जोखिममा परेका छन् ।
पानी जुनसुकै बेला बस्तीमा पस्नसक्ने भएकाले राजापुर नगरपालिका वडा नं. ३, ४ र ७ का बासिन्दालाई उच्च सावधानी अपनाउन बर्दिया प्रशासनले आग्रह गरेको छ ।
जल सतह बढ्दै गए बस्तीमा पानी पस्नसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले तत्कालका लागि अस्थायी तटबन्ध निर्माण गरिएको बताए । उनले स्थायी तटबन्धका लागि कर्णाली नदी व्यवस्थापन आयोजनासँग समन्वय भइरहेको जानकारी दिए ।

Next Post

बाँकेमा शनिबार जोर नम्बरका साधन चलाउन रोक अटेरगरे दुईहजारसम्म जरिवाना

३० श्रावण २०७७, शुक्रबार १८:३६
नेपालगञ्ज : बाँकेमा पनि जोर बिजोर प्रणाली लागू गरिएको छ । जोर बिजोर प्रणलीलाई अटेर गरी सावरी साधन सञ्चालन गरे संक्रामक रोग निवारण ऐन र सवारी ऐन अन्तरगत जरिवाना २ हजारसम्म जरिवाना गरिने छ । बाँकेका प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक रामबहादुर कुरुम्बाङ्गले अनावश्यक हुने […]