बाँकेमा ३० जना कोरोना मुक्त भएर घर फर्के

२९ श्रावण २०७७, बिहीबार ११:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका विभिन्न आईशोलेशन सेन्टरमा भर्ना भएका ३० जना कोरोना मुक्त भएर आज बिहीबार घर फर्केका छन् ।

जिल्ला कोरोना फोकलपर्शन नरेश श्रेष्ठका अनुसार खजुराको सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा निर्माण गरिएको कोरोना आईसोलेशन अस्पतालबाट ४ जना, लायन्स डेन्टल अस्पताल खजुरारोड आईसोलेशन सेन्टरबाट १३ जना, आन्तरिक राजस्व कार्यालय आईशोलेशन सेन्टरबाट ११ जना र आदर्शनगर आईशोलेशन सेन्टरबाट २ जना गरी ३० जनाले कोरोना जितेर घर फर्केका हुन ।


बाँकेमा ४ जना अन्य जिल्लाको समेत गरी ६ सय ६७ कोरोना संक्रमित रहेकोमा ४ सय ३५ डिस्चार्ज भएका छन् भने २ सय २९ जना सक्रिय संक्रमित विभिन्न आईशोलेशन सेन्टरमा रहेको कोराना फोकलपर्शन श्रेष्ठले जानकारी दिए ।

यी मध्ये कोरोना संक्रमित २ महिलासहित १ पुरुष गरी ३ जनाको ज्यान गएको छ ।

Next Post

३ वटा मोटरसाइकलसहित सुर्ति बरामद

२९ श्रावण २०७७, बिहीबार ११:५६
सदरलाइनडटकम, नेपालगञ्ज : भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको सुर्तीजन्य पदार्थसहित बाँकेमा ३ वटा मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेको छ । बिओपी नरैनापुरबाट सशस्त्र प्रहरी निरीक्षक खडकबहादुर थापाको नेतृत्वमा गएको टोलीले नरैनापुर गाउँपालिका वडा नम्बर ३ को रतैया भन्ने स्थानबाट बुधवार राति १ बजे ५ सय ४१ पोका सुपरपावर सुर्तीसहित […]