क्वारेन्टाइनबाट फरार तीनै जना पक्राउ

२८ श्रावण २०७७, बुधबार १७:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको एक क्वारेन्टाइनबाट फरार भएका तीन युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ को खैरेनी क्वारेन्टाइनबाट मंगलवार राती फरार भएका तीनै जनालाई ईलाका प्रहरी कार्यालय बैजापुरले नियन्त्रणमा लिएर पुनः क्वारेन्टाइनमा पठाएको छ ।
बैजापुर प्रहरीका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष खनालको नेतृत्वमा गएको टोलीले क्वारेन्टाइनबाट फरार भएका हेम राज थापा, अरुण ओली, सन्तोष नेपालीलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा बुझाएको हो ।

Next Post

अवैधरुपमा भित्र्याइएको सुर्ति बारमद

२८ श्रावण २०७७, बुधबार १७:०७
सदरलाइनडटकम, नेपालगञ्ज : भन्सार छली अवैधरुपमा नेपाल भित्र्याइएको सुर्तिजन्य पदार्थ बुधवार फेरी बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले चौकी लक्ष्मणपुरको टोलीले नरैनापुर गाउँपालिका वडा नं. २ बाट सुर्ति र पान बरामद गरेको हो । बुधवार बिहान १ बोरा पानको पात र ९२ पोका सुपर पावर सुर्ति नियन्त्रणमा लिइएको बाँकेका […]