चाँदीको शिवमुर्ति रहस्यमय तरीकाले चोरी

२७ श्रावण २०७७, मंगलवार १४:३५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : तीन महिनाअघि नेपालगञ्जमा भेटिएको चाँदीको शिवको मुर्ति चोरी भएको छ । मन्दिरका पुजारी परिवार राती १ बजेसम्म जागेपनि स्थानीयका अनुसार मंगलवार बिहान ३ बजे मुर्ति चोरी भएको हो ।
नेपालगञ्ज वडा नं. ७ स्थित मन्दिर छेउमा बाटो बनाउने क्रममा फेला परेको चाँदीको मुर्ति एक्कासी हराएको रामजानकी मन्दिर व्यवस्थापन समितिका संयोजक बिनोद कश्यपले जानकारी दिए । उक्त मुर्ति रामजानकी मन्दिरमा स्थापना गरिएको थियो ।
सो बेला वडा नं. १३ का एक व्यक्तिले मुर्ति आफ्नो भनेर दावी गरेपछि व्यवस्थापन समिति र दावीवालाको सहमतिमा मन्दिरमा स्थापना गरिएको थियो । मन्दिरमा सहजै छिर्नसक्ने कुनै बाटो नभएकाले चोरीको घट्ना रहस्यमय बनेको छ ।
समितिका सल्लाहकार हर्कबहादुर गुरूङले चोरी हुने कुनै बाटो नदेखिएकाले रहस्यमय भएको बताए । प्रहरीले घट्नास्थलको प्रारम्भिक अनुसन्धान गर्दा चोरी हुनसक्ने आधार नदेखिएको जनाएको छ ।

Next Post

बाँकेका प्रजिअको उपस्थितिमा सेनाद्वारा उच्चसम्मानका साथ संक्रमितको शव व्यवस्थापन गरियो

२७ श्रावण २०७७, मंगलवार १४:३५
सदरलाइनडटकम, कोहलपुर (बाँके) : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा गत आईतबार मृत्यु भएका कोरोना संक्रमित व्यक्तिको शव मंगलबार व्यवस्थापन गरिएको छ । अछाम चौरपाटीका ५० बर्षीय संक्रमित पुरुषको शव व्यवस्थापनको लागि कोभिड–१९ को मापदण्ड अनुसार नेपाली सेनाले परिवारको सहमतिमा व्यवस्थापन गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी […]