मेडिकल कलेजमा उपचार गरिरहेका अछामका पुरुषमा मृत्युपछि कोरोना पुष्टि

२७ श्रावण २०७७, मंगलवार ००:०५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा आईतबार मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा मृत्युु भएका ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।


बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङका अनुसार आईतबार साँझ साढे सात बजे अछाम चौरपाटीका ५० बर्षीय पुरुषको सो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको मृत्यु हुनु अघि नै लिएको स्वाब परिक्षणमा कोरोना देखिएको हो ।

अस्पतालमा आईतबार नै कोहलपुर–२ कि एक ७० वर्षीया महिलाको मृत्युु भएको थियो । उनको पनि मृत्यु पछिमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

Next Post

बाँकेमा कोरोनाको ‘ग्राफ’ बढ्दै, मंगलवार २६ जना थपिए

२७ श्रावण २०७७, मंगलवार ००:०५
सदरलाइनडटकम, नेपालगञ्ज : एक चिकित्सकसहित मंगलवार बाँकेमा २६ जना कोरोनाका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा नेपालगञ्ज मेडिकल कलेजका एक चिकित्सकसहित २६ जनामा कोरोना पुष्टि भएको हो । नेपालगञ्ज, कोहलपुर र आसपासका गाउँपालिकासहितका २६ जनामा कोरोना संक्रमण देखएको छ । भेरी अस्पतालले मंगलवार […]