दुई चिकित्सकसहित बाँकेमा १५ संक्रमित थपिए

२६ श्रावण २०७७, सोमबार १३:२८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज मेडिकल कलेजबाट संकलन गरिएको स्वावको परीक्षण गर्दा दुईजना चिकित्सकमा भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमित महिला चिकित्सक हुन् । यसअघि मेडिकल कलेजमा कार्यरत महिला चिकित्सकलाईनै भाइरस पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका १५ जनामा भाइरस संक्रमण पुष्टि हो ।
यस्तै वडा कार्यालयका थप प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ । नेपालगञ्जका विभिन्न वडा र बाँकेको डुडुवा गाउँपालिकाका वडा नं. ५ र ६ का २५ र ३५ वर्षीया महिला तथा वडा नं. २ का २३ वर्षीया पुरुषमा कोरोना देखिएको छ ।
यस्तै भेरीमा गरिएको परीक्षणमा कैलालीका दुई, दाङ, बर्दिया र सल्यानमा एकएकजना गरी सोमवार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

Next Post

बाँकेका थप ३ जना कोरोनामुक्त

२६ श्रावण २०७७, सोमबार १३:२८
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा सोमवार थप ३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । आन्तरिक राजश्व कार्यालय नेपालगञ्ज आइसोलेशनबाट प्युठान मल्लरानी घर भएका आन्तरिक राजश्व कार्यालय नेपालगञ्जमा कार्यरत २९ वर्षीय पुरुष डिस्चार्ज भएका छन् । उनी नायब सुब्बा हुन् । यस्तै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशनबाट राप्तीसोनारी ८ का […]