नेपालगञ्जमा भिटिएम किटको अभाव

२१ श्रावण २०७७, बुधबार १४:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दा प्रयोग हुने भिटिएम किटको अभाव देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्य कार्यालयबाट प्रर्याप्त मात्रामा भिटिएम प्राप्त नभएपछि उपमहानगरपालिका आफैले खरिद गरि स्वाब संकलन गरेको जानकारी दिए ।
उपमहानगरपालिकाले वडाध्यक्षसहित आठजना कर्मचारीको घरपरिवारका सदस्य र उनीहरुको सम्पर्कमा रहेका करीब दुईसय जनालाई स्वाब सङ्कलनका लागि मङ्गलवार कार्यालयमा बोलाएकोमा स्वास्थ्य कार्यालय बाँकेबाट ८० थान मात्रै भिटिएम उपलब्ध भएको थियो ।
उपमहानगरपालिकाले १ सय २० किट भिटिएम आफैले खरिद गरि सङ्क्रमित ब्यक्तिका घर परिवारका सदस्य र उनीहरुको सम्पर्कका आएका ब्यक्तिहरुको स्वाब सङ्कलन गरिएको जनाएको छ । मंगलवार जनप्रतिनिधी, कर्मचारी र कोरोना संक्रमण देखिएका ब्यक्तिका घरपरिवारका सदस्य गरि १ सय ९८ जनाको स्वाब संकलन गरिएको छ ।

Next Post

कोरोनाबाट निको भएर बाँकेका थप तीन जना डिस्चार्ज

२१ श्रावण २०७७, बुधबार १४:४३
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा बुधवार थप तीन जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशनबाट नेपालगञ्ज १८ की २६ वर्षीया महिला र राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ की ३६ वर्षीया महिला तथा नेपालगञ्जको आदर्शनगर आइसोलेशनबाट राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ का २० बर्षीय […]

सम्बन्धित