नेपालगञ्ज कारागारका कैदीसहित चौध जनामा कोरोना पुष्टि

२० श्रावण २०७७, मंगलवार १७:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज जिल्ला कारागारका कैदीबन्दीसँगै कारागार सुरक्षार्थ खटिने प्रहरीमासमेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा मंगलवार थप सात जना कैदीबन्दी, ६ जना प्रहरीसहित १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
उक्त कारागारबाट तीन दिनअघि कारागारका जेलरसहित, कैदीबन्दी र त्यहाँ खटिएका प्रहरीगरी ३२ जनाको थ्रोट स्वाब लिइएको थियो । त्यसमध्येमा १३ जनामा भाइरस पुष्टि भएको हो । एकजना कैदी भने लहमीका हुन् ।
यसअघि पनि नेपालगन्ज कारागारमा एकजना कैदीबन्दीमा भाइरस देखिएको थियो । यद्यपी उनी निको भएर फर्किसकेका छन् ।


Next Post

नेपालगञ्जमा भिटिएम किटको अभाव

२० श्रावण २०७७, मंगलवार १७:५८
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दा प्रयोग हुने भिटिएम किटको अभाव देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्य कार्यालयबाट प्रर्याप्त मात्रामा भिटिएम प्राप्त नभएपछि उपमहानगरपालिका आफैले खरिद गरि स्वाब संकलन गरेको जानकारी दिए । उपमहानगरपालिकाले वडाध्यक्षसहित आठजना कर्मचारीको घरपरिवारका सदस्य र उनीहरुको […]