नेपालमा मंगलवार थपिए २५९ कोरोना संक्रमित

२० श्रावण २०७७, मंगलवार १७:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा नेपालमा २५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५९ कोरोना संक्रमित थपिएको जानकारी दिए ।
योसँगै कुल कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको मन्त्रालयले जनाएको छ । देशैभर कोरोना संक्रमितको संख्या ५ हजार ९ सय २५ रहेको छ । पछिल्लो २४ घण्टामा ६५ जना कोरोना निको भएर घर फर्किएका छन् ।
कुल कोरोना निको हुनेको संख्या १५ हजार २६ जना पुगेका उनले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Next Post

नेपालगञ्ज कारागारका कैदीसहित चौध जनामा कोरोना पुष्टि

२० श्रावण २०७७, मंगलवार १७:०७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज जिल्ला कारागारका कैदीबन्दीसँगै कारागार सुरक्षार्थ खटिने प्रहरीमासमेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा मंगलवार थप सात जना कैदीबन्दी, ६ जना प्रहरीसहित १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । उक्त कारागारबाट तीन दिनअघि कारागारका जेलरसहित, कैदीबन्दी र त्यहाँ खटिएका […]