ह्वाइट हाउसमा आइसोलेशन सेन्टर बनाईंदै

२० श्रावण २०७७, मंगलवार १५:५४
 


सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि मनिकापुरस्थित ह्वाइट हाउस होटेललाई आइसोलेशन सेन्टर बनाईने भएको छ ।
जिल्ला प्रशासन बाँकेमा मंगलवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमितको संख्या बढ्दै गएकाले थप आइसोलेशन सेन्टरको आवश्यक्ताअनुसार सो होटेललाई सेन्टर बनाउने निर्णय गरेको हो ।
थप एक आइसोलेशन सेन्टरको आवश्यक्ता भएकाले ह्वाईट हाउसमा संक्रमितहरूलाई व्यवस्थापन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । पछिल्लो समय बाँकेमा दैनिकजसो कोरोना संक्रमित फेला परिरहेका छन् ।
जसमध्ये अधिकाँश समुदायका व्यक्ति तथा सरकारी कर्मचारी रहेका छन् । बिगतमा बनाइएका आईशोलेशन सेन्टर बन्द गरिएकाले अहिले फेला परिरहेका संक्रमितको व्यवस्थापन गर्न गाह्रो भएको छ ।

Next Post

नेपालमा मंगलवार थपिए २५९ कोरोना संक्रमित

२० श्रावण २०७७, मंगलवार १५:५४
सदरलाइनडटकम, नेपालगञ्ज : पछिल्लो २४ घण्टामा नेपालमा २५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५९ कोरोना संक्रमित थपिएको जानकारी दिए । योसँगै कुल कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको मन्त्रालयले जनाएको छ । देशैभर कोरोना संक्रमितको संख्या ५ […]