इलाका प्रहरी कार्यालय कोहलपुर ‘शील’

२० श्रावण २०७७, मंगलवार १५:४१
 


सदरलाइनडटकम,
कोहलपुर (बाँके) : एक जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयलाई शील गरिएको छ । प्रहरी कार्यालयमा रहेका एक थुनुवामा कोरोना पुष्टि भएपछि कार्यालय शील गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।
थुनुवामा कोरोना देखिएपनि अन्य प्रहरी कर्मचारीलाई जनसम्पर्कबाट टाँढा राखिएको चन्दले बताए । उनले भैपरि आउने कामका लागि जिल्ला प्रहरी कार्यालयबाट कोहलपुरमा मोवाईट टोली परिचालन गरिएको जानकारी दिए ।
उनका अनुसार इलाका प्रहरी कार्यालयमा ओहोरदोहोर गर्ने कार्य पूर्णरुपमा बन्द गरिएको छ । कार्यालयमा कार्यरत प्रहरी र थुनुवाहरुको पिसिआर परीक्षण भई रहेको चन्दले जानकारी दिए ।

Next Post

ह्वाइट हाउसमा आइसोलेशन सेन्टर बनाईंदै

२० श्रावण २०७७, मंगलवार १५:४१
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि मनिकापुरस्थित ह्वाइट हाउस होटेललाई आइसोलेशन सेन्टर बनाईने भएको छ । जिल्ला प्रशासन बाँकेमा मंगलवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमितको संख्या बढ्दै गएकाले थप आइसोलेशन सेन्टरको आवश्यक्ताअनुसार सो होटेललाई सेन्टर बनाउने निर्णय गरेको हो । थप एक आइसोलेशन सेन्टरको […]

सम्बन्धित