बाँकेमा निषेधाज्ञा जारी राख्ने प्रशासनको निर्णय

२० श्रावण २०७७, मंगलवार १४:५५
 


सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिएको आंशकामा बाँके प्रशासनले शनिवार रातीदेखि लगाएको निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको मंगलवार बसेको बैठकले निषेधाज्ञालाई ४ दिन थप गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । आइतवारदेखि जारी निषेधाज्ञा आगामी शनिवार राती १२ बजेसम्म जारी रहने निर्णय भएको उनले बताए ।
यसअघि जारी गरिएको निषेधाज्ञाको समय सीमा मंगलवार राती १२ बजे सकिँदै थियो । तर जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय भएको प्रशासनले बताएको छ ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले निषेधाज्ञाको पूर्ण पालना गरी कोरोना संक्रमणको जोखिम कम गराउने कार्यमा सहयोग पुर्याउन सबैलाई आग्रह गरेका छन् । बाँकेमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।

Next Post

इलाका प्रहरी कार्यालय कोहलपुर ‘शील’

२० श्रावण २०७७, मंगलवार १४:५५
सदरलाइनडटकम, कोहलपुर (बाँके) : एक जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयलाई शील गरिएको छ । प्रहरी कार्यालयमा रहेका एक थुनुवामा कोरोना पुष्टि भएपछि कार्यालय शील गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । थुनुवामा कोरोना देखिएपनि अन्य प्रहरी कर्मचारीलाई […]

सम्बन्धित