बाँकेका थप तीन जना कोरोनामुक्त

२० श्रावण २०७७, मंगलवार १३:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका थप तीन जना कोरोनामुक्त भएर आज डिस्चार्ज भएका छन् । नेपालगञ्जको आदर्शनगर आइसोलेशनबाट खजुरा गाउँपालिकाको वडा नं. २ का ३४ र ३८ बर्षीय पुरुष तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशनबाट ३१ वर्षीय पुरुष निको भएर डिस्चार्ज भएका हुन् ।
योसँगै बाँकेमा कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ३ सय ९१ पुगेको छ । अब आइसोलेशनमा बाँकेका ६२ जना र बहिरी जिल्लाका १० जना गरी ७२ जना छन् ।
बाँकेमा हालसम्म ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये २ जनाको मृत्युु भएको छ ।

Next Post

बाँकेमा निषेधाज्ञा जारी राख्ने प्रशासनको निर्णय

२० श्रावण २०७७, मंगलवार १३:४३
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिएको आंशकामा बाँके प्रशासनले शनिवार रातीदेखि लगाएको निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको मंगलवार बसेको बैठकले निषेधाज्ञालाई ४ दिन थप गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । आइतवारदेखि जारी निषेधाज्ञा आगामी […]

सम्बन्धित