नेपालगञ्ज उपमहानगरपालिका कार्यालय ‘शील’

१९ श्रावण २०७७, सोमबार १७:३८
 


सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सोमवारदेखि अनिश्चितकालका लागि शील गरिएको छ ।
उपमहानगरपालिकाका एक वडाध्यक्ष, दुई वडा सचिव र पाँच जना कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कार्यालयलाई अनिश्चितकालका लागि शील गरिएको हो ।
भेरी अस्पतालबाट सोमवार प्राप्त कोरोनाको नतिजाअनुसार उपमहानगरपालिकाका धेरै जना कर्मचारीमा एकै पटक संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्मका लागि कार्यालयलाई अनिश्चितकाल शील गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खडकाद्वारा जारी सूचनामा उल्लेख छ ।

Next Post

बाँके निकुञ्जका वार्डेन र सहायक वार्डेन अख्तियारको नियन्त्रणमा

१९ श्रावण २०७७, सोमबार १७:३८
सदरलाइनडटकम, बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृतसहित दुई जनालाई रुपन्देहीको सैनामैनाबाट नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ । अख्तियारको टोलीले बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायलाई स्रोत नखुलेको ८ लाख ९८ हजारसहित रुपन्देहीको […]