
सदरलाइनडटकम,
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये ९ जना नेपालगञ्जका हुन् भने अन्य २ जना सल्यानका हुन् ।
पछिल्लो पटक संक्रमण पुष्टि भएकाहरुमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का २ जना, वडा नं. ४ का २ जना, वडा नं. २० का २, वडा नं. १० का १, वडा नं. १४ का १, वडा नं. १७ का १ जना रहेका छन् ।
१० नं. वडामा संक्रमण पुष्टि भएकाबाहेक अन्य सबै पुरुष हुन् । वडा नं. १० मा ३० बर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगञ्जले पछिल्लो पटक सय जनाको पिसिआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।