चिनियाँ लगानीको एप्स ‘टिकटक’लाई अमेरिकामा प्रतिबन्ध लगाईंदै

  ।   १७ श्रावण २०७७, शनिबार १७:३२


सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको एप्स टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ । राष्ट्रपती ट्रम्पले शनिवार रातिदेखिनै टिकटकलाई प्रतिबन्ध लगाउने कार्यकारी घोषणामा हस्ताक्षर हुनसक्ने बताए ।
चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले बनाएको टिकटक विश्वमै सबैभन्दा धेरै रुचाइएको एप्स हो । हाल २ अर्ब पटक डाउनलोड भएको टिकटकका ८० करोड सक्रिय प्रयोगकर्ता छन् । निर्माता बाइटडान्सका लागि निकै ठूलो धक्का हुने ठानिएको यस एपको अमेरिकामा मात्र ८ करोड सक्रिय प्रयोगकर्ता छन् ।
टिकटकले अमेरिकी नागरिकको गोप्य विवरण सङ्कलन गरेको हुनसक्ने भन्दै अमेरिकी सुरक्षा अधिकारीहरूले चासो व्यक्त गरे पनि कम्पनीले भने अस्वीकार गर्दै आएको छ । कोरोना भाइरस र व्यापारको विषयमा भइरहेको चीन र अमेरिकाबीचको विवाद मोबाइल एप प्रतिबन्ध लगाउने अवस्थासम्म पुग्नुले दुई देश गम्भीर झगडामा रहेको प्रष्ट भएको विश्लेषकहरुले जनाएका छन् । (एजेन्सी)

Next Post

आजदेखि बाँकेमा तीनदिने निषेधाज्ञा जारी

१७ श्रावण २०७७, शनिबार १७:३२
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि बाँकेमा आइतवारदेखि तीन दिने निषेधाज्ञा जारी गरीएको छ । बिहीवार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी) को बैठकले आइतवारदेखि तीनदिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । सोही अनुसार मंगलवार राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर […]