करेन्ट लागेर बाँकेमा एकको मृत्यु

१७ श्रावण २०७७, शनिबार १५:३१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : करेन्ट लागेर बाँकेमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका २० राँझामा ना ४ ख २६५१ नम्बरको ट्यांकरका सहचालक बारा जितपुर सिम्राहाका राज मगरको मृत्यु भएको हो ।
ट्यांकरमा चढेर सडक माथिको तार पन्छाउँदै गर्दा करेन्ट लागरे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
मगरलाई करेन्ट लागेपछि तत्कालै उद्धार गरी उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Next Post

चिनियाँ लगानीको एप्स ‘टिकटक’लाई अमेरिकामा प्रतिबन्ध लगाईंदै

१७ श्रावण २०७७, शनिबार १५:३१
सदरलाइनडटकम, काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको एप्स टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ । राष्ट्रपती ट्रम्पले शनिवार रातिदेखिनै टिकटकलाई प्रतिबन्ध लगाउने कार्यकारी घोषणामा हस्ताक्षर हुनसक्ने बताए । चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले बनाएको टिकटक विश्वमै सबैभन्दा धेरै रुचाइएको एप्स हो । हाल २ अर्ब पटक डाउनलोड भएको […]