बाँकेमा थप पाँच जना डिस्चार्ज

१७ श्रावण २०७७, शनिबार १४:३१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा शनिवार थप पाँचजना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । खजुरा गाउँपालिका वडा नं. ३ का २ जना, ४ का १ र ६ का २ जना डिस्चार्ज भएका हुन् ।
योसँगै बाँकेमा उपचार पछि निको भएर घर फर्किनेको संख्या ३ सय ८६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । बाँकेमा ४ सय ३७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
संक्रमितमध्ये २ जनाको मृत्यु भइसकेको छ । अहिले आइसोलेशनमा बाँकेका ४९ जनासहित बर्दिया, दैलेख, जुम्ला र प्युठानका गरी ५८ जना छन् ।

Next Post

करेन्ट लागेर बाँकेमा एकको मृत्यु

१७ श्रावण २०७७, शनिबार १४:३१
सदरलाइनडटकम, नेपालगञ्ज : करेन्ट लागेर बाँकेमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका २० राँझामा ना ४ ख २६५१ नम्बरको ट्यांकरका सहचालक बारा जितपुर सिम्राहाका राज मगरको मृत्यु भएको हो । ट्यांकरमा चढेर सडक माथिको तार पन्छाउँदै गर्दा करेन्ट लागरे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी […]