इस्लाम धर्मावलम्बीद्वारा बकरईद मनाईंदै

१७ श्रावण २०७७, शनिबार १३:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : इस्लाम धर्मावलम्बीहरुको दोश्रो ठुलो महान पर्व बकर ईद शनिवार हर्षोल्लासका साथ मनाइँदै छ ।इ दुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ ।
बलिदानीको पर्वका रुपमा लिइने बकर ईद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । हिजरी संवत् अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिक धार्मिक अगुवाहरु बताउँछन् ।
आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । तर कोरोना भाइरस संक्रमणको जोखिम भएकाले घरमै बसेर नमाज पढ्न राष्ट्रिय मुस्लिम आयोगले सबैलाई आग्रह गरेको छ ।
नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने धार्मिक विधान छ ।

Next Post

कोरेक्ससहित बाँकेमा तीन पक्राउ

१७ श्रावण २०७७, शनिबार १३:४६
सदरलाइनडटकम, नेपालगञ्ज : लागुऔषध कोरेक्ससहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जबाट गएको टोलीले डुडुवा गाउँपालिका वडा नं. ६ चौधरीपुर्वाबाट शुक्रवार राती नौ बजे अर्जुन चौहान, कल्लु चौहान र अजय बर्मालाई ३६ बोतल प्रतिबन्धित औषधी कोरेक्ससहित पक्राउ गरेको हो । कोरोना महामारीका कारण नेपाल–भारत सीमानाका […]