सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा शनिवार १० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका १० जना संक्रमित थपिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठलाई उद्धृत गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पछिल्लो २४ घण्टामा चारसय ७० नमूना परीक्षण गर्दा बाँकेमा १० जना थपिएको जानकारी दिए ।
योसँगै बाँकेमा संक्रमितको संख्या ७ सय ६ पुगेको छ । संक्रमितमध्ये ४ सय ३५ जना उपचारपछि घर फर्किसकेका छन् भने दुई महिलासहित तीन जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।


