संक्रमणकालिन न्यायका लागि सञ्जालको बैठक

१६ श्रावण २०७७, शुक्रबार १५:५९
 

सदरलाइनडटकम/लक्ष्मी तिमिल्सेना,
नेपालगञ्ज : संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानका लागि जिल्ला सञ्जाल बाँकेको बैठक नेपालगञ्जमा सम्पन्न भएको छ । बर्तमान अवस्थामा संक्रमणकालिन न्याय र भावी कार्ययोजनाका बिषयमा छलफल गर्न बैठक बसेको हो ।
विश्वनै कोरोना महामारीबाट आक्रान्त बनेका बेला द्धन्द्धपीडितहरुको आर्थिक सशक्तिकरणका कार्यक्रमहरुलाई कसरी अघाडी बढाउन सकिन्छ र घाइतेहरुलाई स्वास्थ उपचार लागि आर्थिक सहयोगका कार्यक्रमहरु अघि बढाउने विषयमा समेत वैठकमा छलफल गरिएको संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानका लागि जिल्ला सञ्जाल बाँकेका सचिव बसन्त गौतमले जानकारी दिए ।
कोरोना माहामारीको यो अवस्थामा धेरैजसो द्वन्द्वपीडितहरु मानसिक समस्याबाट गुज्रिरहेकाले उनिहरुलाई मनोसामाजिक परामर्शको आवश्यकता रहेकोमा जोड दिंदै द्वन्द्वपीडितहरुको समस्या समाधानका लागि सरोकारवालाहरुसंग छलफल गर्न भर्चुअल कार्यक्रमहरु गर्ने बैठकले घोषणा गरेको छ ।
संक्रमणकालीन न्याय प्रक्रियालाई सहयोग पुर्याउने उद्देश्यले गठन गरिएको उक्त सञ्जालले द्वन्द्वपीडितहरुको न्यायमा पहुँच बढाउने, द्वन्द्वपीडितहरुको सशक्तिकरण गर्ने, उनिहरुका आवश्यकताहरुलाई सम्बोधन गर्न स्थानीय सरकार तथा वडा कार्यालयहरुसँग समन्वयका साथै पैरवि गर्ने र सेवा प्रदायक निकायसम्म पीडितको पहुँच बढाउने उद्देश्य लिइएको छ ।

Next Post

इस्लाम धर्मावलम्बीद्वारा बकरईद मनाईंदै

१६ श्रावण २०७७, शुक्रबार १५:५९
सदरलाइनडटकम, नेपालगञ्ज : इस्लाम धर्मावलम्बीहरुको दोश्रो ठुलो महान पर्व बकर ईद शनिवार हर्षोल्लासका साथ मनाइँदै छ ।इ दुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर ईद मुस्लिम महिना जुल हिज्जाको […]