राजश्व कार्यालयलाई बनाइयो आसोलेशन केन्द्र

  ।   १६ श्रावण २०७७, शुक्रबार १३:२८


सदरलाइनडटकम,
नेपालगञ्ज : आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका धेरै कर्मचारीमा कोरोना देखिएपछि कार्यालयलाईनै आइसोलेशन सेन्टर बनाइएको छ । उक्त कार्यालयका ९ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कार्यालयलाईनै आइसोलेशन सेन्टरका रुपमा प्रयोग गरिएको हो ।
एकैपटक धेरै कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कार्यालयलाई आइसोलेशन सेन्टर बनाएर उनीहरुलाई त्यहीँ राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
त्यहाँ अहिले १२ जनालाई राखिएको छ । शुरुमा भेटिएका संक्रमित एकजना अधिकृतलाई भने खजुरा क्यान्सर अस्पतालमा राखिएको छ ।

Next Post

भीडभाड नगरी पर्व मनाउन प्रशासनको आग्रह

१६ श्रावण २०७७, शुक्रबार १३:२८
सदरलाइनडटकम, नेपालगञ्ज : भीडभाड नहुने गरि आआफ्नो पर्व मनाउन बाँके प्रशासनले आग्रह गरेको छ । इस्लाम धर्मावलम्बीको शनिवार बकराईद र हिन्दु धर्मावलम्बीको सोमवार रक्षा बन्धन अर्थात् जनैपूर्णिमा पर्व रहेको छ । सोही पर्वलाई दृष्टिगत गर्दै प्रशासनले सामाजिक दुरीको पालना गरी मनाउन आग्रह गरेको हो । जनैपूर्णिमाका दिन निजी सवारी साधन […]