बाँकेमा आइतवारदेखि निषेधाज्ञा जारी

१५ श्रावण २०७७, बिहीबार १३:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि बाँकेमा निषेधाज्ञा जारी गरिएको छ । बिहीवार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी)को बैठकले आइतवारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।
लकडाउन खोलेसँगै जिल्लामा एक्कासी कोरोना संक्रमित बढ्न थालेपछि आइतवारदेखि निषेधाज्ञा लगाउनु पर्ने अवस्था आएको कुरुम्वाङले बताए ।

Next Post

कोरोना जितेर थप पाँच जना डिस्चार्ज

१५ श्रावण २०७७, बिहीबार १३:५२
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा थप पाँच जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । कोरोना जितेर उनीहरु बिहीवार डिस्चार्ज भएका हुन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार खजुरास्थित प्रखर क्यान्सर अस्पतालमा रहेको आइसोलेशनबाट पाँचै जना घर फर्किएका छन् । अस्पतालबाट नेपालगञ्ज ६ का एक जना पुरुष, बैजनाथ गाउँपालिका १ का दुई जना […]