३८औ वीपी जयन्तीका अवसरमा बृक्षारोपण

१२ श्रावण २०७७, सोमबार १९:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाली काँग्रेस क्षेत्र नं. २ बाँकेले ३८ औ वीपि जयन्तीको अवशरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बागेश्वरी मन्दीर परिसमा एक कार्यक्रमको आयोजना गरी बृक्षा रोपण गरिएको हो ।

सो कार्यक्रममा पाँच नंम्बर प्रदेस सभामा नेपाली काँग्रेस संसदिय दलका सचेतक सुरेन्द्र हमालले वीपीको सिद्धान्तलाई आत्मसाथ गर्न सके मात्र लोकतन्त्र र समाजबाद स्थापना हुने बताए ।


उनले पछिल्लो पुस्ताले समाजबाद स्थापनाको लागि वीपीले प्रतिबादित गरेको सिद्धन्त र योगदानको बारेमा जानकारी नराख्ने गरेको उल्लेख गर्दै बेलाबेलामा बीपि र उनले दिएको योगदानको बारेमा विभिन्न तहसम्ममा छलफल, अन्तरक्रिया सञ्चालन गर्न औल्याए ।

नेपाली काँग्रेस क्षेत्र नं. २ बाँकेका सभापति रमेश गुप्ताको अध्यक्षता तथा सचिव सुनिलसिंह हमाले सञ्चालन गरेको सो कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईराला, संविधान सभा सदस्यद्वय बादशाह कुर्मी, मैकुलाल बाल्मिकी, प्रदेश सभा सदस्य मो. याकुव अन्सारी, पार्टीका पूर्व जिल्ला सभापति तथा साहित्यकार सनत रेग्मी, उपसभापति सुनिल नरसिंह राणा, नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापामगरलगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

Next Post

क्वारेन्टाइनमा आत्महत्या गरेका संक्रमितको शव नेपाली सेनाद्वारा व्यवस्थापन

१२ श्रावण २०७७, सोमबार १९:३३
सदरलाइनडटकम, बर्दिया : बर्दियामा क्वारेन्टिनमा आत्महत्या गरेका कोरोना संक्रमित व्यक्तिको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । आइतवार राति आत्महत्या गरेका ती व्यक्तिको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजिटिभ आएपछि नेपाली सेनाको भैरबप्रसाद गणको सुरक्षा गुल्म तुलापुरबाट सह सेनानी राधेश्याम विष्टको कमाण्डमा खटेको सेनाको टोलीले सो […]