बाँकेमा थपिए दुई जना कोरोना संक्रमित

१२ श्रावण २०७७, सोमबार १५:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा कोरोनाका थप दुई जना संक्रमित भेटिएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा राप्तीसोनारी गाउँपालिका वडा नं. ८ का २४ वर्षीय पुरुष र ४९ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै प्युठानको मल्लरानीका एक जना पुरुष र दाङ तुलसीपुरका पाँच जना पुरुषमा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ६५ जनाको गरिएको परीक्षणमा ८ जना नयाँ संक्रमित फेला परेका हुन् ।

Next Post

सामाजिक दुरी कायम राख्दै हाईकिङ कास्कीको हरिपाउसम्म

१२ श्रावण २०७७, सोमबार १५:४०
सदरलाइनडटकम, पोखरा (कास्की) : पोखराका केहि युवाहरु मिलेर गत वर्षदेखि नियमित संचालन गर्दै आएको हाईकिङ कोभिड १९ को कारण स्थगित भएकोमा पुनः सञ्चालनमा आएको छ । सामाजिक दुरी कायम राख्दै सेनिटाईज र माक्सको प्रयोग गरी साउनको दोश्रो शनिबार भएको हाइकिङ कार्यक्रम सम्पन्न गरिएको हो । पर्यटकीय क्षेत्र पोखरा १६ स्थित […]