कोरोनाका १३० संक्रमित थपिए

११ श्रावण २०७७, आईतवार १७:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा कोरोना भाइरसका १ सय ३० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार ३ हजार ३ सय जनाको पिसिआर परीक्षण भएकोमा १ सय ३० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म देशभर १८ हजार ६ सय १३ जना कोरोना संक्रमित पुगेका छन् । जसमा आजसम्म जम्मा १३ हजार १ सय २८ जना निको भएर घर फर्किएका छन् ।
आइतवार ७५ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ३, कर्णाली प्रदेशमा १ हजार ५ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय २ जना डिस्चार्ज भएका छन् ।

Next Post

अर्थसमृद्धि त्रैमासिक पत्रिकासंगै क्यालेण्डर प्रकाशन

११ श्रावण २०७७, आईतवार १७:३४
सदरलाइनडटकम, नेपालगञ्ज :नेपालगञ्ज उद्योग वाणिज्य संघले विषम परिस्थितिको बीचमा पनि आफ्नो मुखपत्र अर्थसमृद्धि त्रैमासिक पत्रिका र क्यालेण्डर प्रकाशन गरेको छ । आईतवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवम् नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् संरक्षक दामोदर आचार्यको प्रमुख आतिथ्यतामा आयोजित […]

सम्बन्धित