सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा कोरोना भाइरसका १ सय ३० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार ३ हजार ३ सय जनाको पिसिआर परीक्षण भएकोमा १ सय ३० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म देशभर १८ हजार ६ सय १३ जना कोरोना संक्रमित पुगेका छन् । जसमा आजसम्म जम्मा १३ हजार १ सय २८ जना निको भएर घर फर्किएका छन् ।
आइतवार ७५ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ३, कर्णाली प्रदेशमा १ हजार ५ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय २ जना डिस्चार्ज भएका छन् ।
