बाँके एन्फाद्वारा खेलाडीलाई राहत वितरण

१० श्रावण २०७७, शनिबार ११:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  कोभिड–१९ को कारणले समस्यामा परेका खेलाडीलाई बाँके जिल्ला फुटबल संघले खेलाडीलाई राहत वितरण गरेको छ ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपलब्ध गराएको राहत वितरण गरिएको बताए ।

उनले भने–‘एन्फाले ७५ हजार पठाएको थियो । बाँके जिल्ला फुटबल संघले ४३ जना खेलाडीलाई एक हजार सात सय ४५ रुपैयाका दरले वितरण गरेको छ ।’


नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १ स्थित एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमी परिसरमा एक कार्यक्रमको आयोजना गरेर खेलाडीलाई राहत वितरण गरिएको हो ।

प्रदेश सांसद एवं ओलम्पियन सुरेन्द्र हमालले बाँके जिल्ला फुटबल संघको अगुवाईमा बन्दै गरेको फुटबल संरचनाहरुको प्रशंसा गर्दै खेलाडीलाई थोरै भएपनि सहयोग गरेकोमा धन्यवाद दिए ।

खेलाडीहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल, एन्फाका पूर्व उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, जिल्लाका पदाधिकारीहरु गोविन्द श्रेष्ठ, वीरेन्द्र श्रेष्ठ, धम्बोझी क्लवका अध्यक्ष देवेन्द्र खड्कालगायतले राहत वितरण गरेका हुन ।

Next Post

‘गुडिया’ अर्थात् नागपञ्चमी पर्व मनाइँदै

१० श्रावण २०७७, शनिबार ११:४३
सदरलाइनडटकम, नेपालगञ्ज : नाग देवताको पूजाआराधना गरी शनिवार नागपञ्चमी मनाईंदै छ । नागपञ्चमी, प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व परम्परानुसार घरघरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइन्छ । मधेशी समुदायमा यसलाई ‘गुडिया’ पर्व भनेर मनाइन्छ । बाँके, बर्दियालगायत पश्चिम तराईका जिल्लाका मधेशी समुदायमा बिहान ‘घुघरी’ अर्थात […]