समृद्ध खजुरा बुलेटिन विमोचन

  ।   ९ श्रावण २०७७, शुक्रबार १८:२७


सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाले गरेका गतिबिधिलाई समेटेर प्रकाशन गरिएकोे समृद्ध खजुरा बुलेटिनको बिमोचन गरिएको छ ।
५ नम्बर प्रदेश सांसदद्वय आईपी खरेल, बाबुराम गौतम, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया बिक र खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले संयुक्तरुपमा तेस्रो संस्करण समृद्ध खजुरा बुलेटिनकोे बिमोचन गरेका हुन् ।
बुलेटिनमा खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन गरेका विकास गतिविधि, समृद्ध खजुराका अन्य गतिविधि, आर्थिक, सामाजिक, सांस्कृति तथा विविध पक्षलाई समावेश गरिएको छ ।

Next Post

आज नागको फोटो टाँसेर नागपञ्चमी मनाईदै

९ श्रावण २०७७, शुक्रबार १८:२७
सदरलाइनडटकम, नेपालगञ्ज : आज (शनिबार) श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी हिन्दू परम्परा अनुसार नागको पूजा अर्चना गरी घरको मूलढोकामा नागको फोटो टाँसेर नाग पञ्चमी मनाइँदैछ । वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट जोगिन सकिन्छ भन्ने धार्मिक विश्वासका आधारमा परापूर्वकाल […]

सम्बन्धित