सोह्र लाखसहित भेरी अस्पतालका कर्मचारी पक्राउ

८ श्रावण २०७७, बिहीबार १८:४८
 


सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाल १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् ।
स्रोत नखुलेको रकम सहित उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले जनाएको छ ।
विभिन्न फर्म तथा पसलेहरुबाट कमिशनबापत १० लाखभन्दा बढी नगद र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको सूचनाका आधारमा खानतलाशी गर्दा उक्त रकम फेला पारी आवश्यक अनुसन्धानका लागि खनाललाई नियन्त्रणमा लिइएको आयोगका शाखा अधिकृत मिनराज थापाले जानकारी दिए ।

Next Post

नेकपा बाँकेले पार्टी एकताबिरुद्ध अभिब्यक्ति नदिन लगायो अंकुश

८ श्रावण २०७७, बिहीबार १८:४८
सदरलाइनडटकम, नेपालगञ्ज :  नेकपा बाँकेको बिहीबार भएको आठौ बैठकले पार्टी एकतालाई अझ प्रगाढ बानउनका लागि पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई एकताबिरुद्ध आफ्ना कुनै पनि अभिब्यक्ति नदिन आग्रह गरेको छ । नेकपा बाँके प्रचार विभाग प्रमुख प्रमोद धितालले दिएको जानकारी अनुसार पार्टी अध्यक्ष आईपी खरेलको अध्यक्षता तथा केन्द्रीय सदस्यद्वय मोहम्मद […]

सम्बन्धित