कोरेक्ससहित बाँकेमा दुई जना पक्राउ

८ श्रावण २०७७, बिहीबार १२:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रतिबन्धित लागुऔषध कोरेक्ससहित बाँकेमा दुई जना पक्राउ परेका छन् । डुडुवा गाउँपालिका वडा नं. १ का ३० बर्षीय आशिष अहिर र सोही ठाउँकाका २७ बर्षीय राजकुमार यादव ६५ बोतल कोरेक्ससहित पक्राउ परेका हुन् ।
डुडुवा गाउँपालिका वडा नं. १ बाट बुधवार राती दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Next Post

एक सय तीस मजदुरको स्वाब संकलन

८ श्रावण २०७७, बिहीबार १२:५५
सदरलाइनडटकम, नेपालगञ्ज : दैनिक ज्याला गर्ने मजदुरहरुको स्वाब संकलन गरिएको छ । नेपालगञ्जको त्रिभुवन चोकबाट दैनिक ज्याला मजदुरी गर्ने १ सय ३० जनाको स्वाब संकलन गरिएको हो । बिहीवार विहान त्रिभुवन चोक पुगेर स्वास्थ्यकर्मीको टोलीले पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले […]