बाँकेमा थपिए तीन जना कोरोना संक्रमित

७ श्रावण २०७७, बुधबार १४:०६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा तीनसहित सात जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा बाँकेको नेपालगञ्ज वडा नं. १८ की २६ वर्षीय एक महिला, राप्तीसोनारी वडा नं. २ का २० वर्षीय पुरुष र वडा नं. ८ की ३६ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बर्दियाको गेरुवा ५ की एक महिला र वडा नं. ४ का एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । यसैगरी सल्यानका २ जना पुरुषमा कोरोना संक्रमण भेटिएको भेरी अस्पतालले जनाएको छ । बाँकेमा संक्रमितको संख्या ३ सय ९६ पुगेको छ ।


Next Post

कोरोना संक्रमितको संख्या अठार हजार नाघ्यो

७ श्रावण २०७७, बुधबार १४:०६
सदरलाइनडटकम, नेपालगञ्ज : देशभर कोरोनाका १ सय नयाँ संक्रमित थपिएका छन् । देशभरका २८ प्रयोगशालामा देशभर ३ हजार ७ सय ७८ जनाको पिसिआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । यस्तै देशभर बुधवार […]